मोटरसाईकल दुर्घटनामा एकको घटनास्थलमै मृत्यू

एवत सारु 

माघ २७ – रम्भा गाउँपालिका वडा नं. २ फोक्सिङ्गकोटमा मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

भुकम्प प्रभावित क्षेत्र हेर्ने पुनर्निर्माण प्राधिकरणका ओभरसियर अन्दाजी ३५ वर्षीय रविन परियारको दुर्घटनामा परि मृत्यु भएको रम्भा २ फोक्सिङ्गकोटका वडा सदस्य चेतबहादुर सुनारीले बताउनु भयो । फोक्सिङ्गकोटको सुरुमडॉडा देखि ताहु‘ जाने क्रममा मोटरबाटोमा अनियन्त्रित भई करिब २०० मिटर तल बाईक र मानिस दुवै खसेको र घट्ना स्थलमै मृत्यु भएको बताइइको छ ।

रम्भा गाउ‘पालिकाको वडा नं. ५ ताहुलार्ई सेवा दिने रविन्द्र परियार एक कुशल, मिहेनेती कर्मचारी भएको रम्भा गाउ‘पालिका अध्यक्ष विष्ण भण्डारीले बताउनु भयो । निजले चलाउने लु ६७ प ४७८९ नम्बरको मोटर साईकल र शव निकाल्ने र मुचुल्का बनाउने काम भईरहेको महेन्द्र आाधारभूत विद्यालयका प्रधानाध्यापक नारायण मश्राङ्गीले बताउनु भयो ।

सांकेतिक फाेटाे

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय