साेनाम ल्हाेछारकाे अवसरमा सार्वजनिक विदा

गृह मन्त्रालयले सोनाम ल्होछारको उपलक्ष्यमा आज देशभर सार्वजनिक बिदा दिएको छ ।

नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मन्त्रालयले एक सूचना जारी गर्दै सोनाम ल्छोछारको उपलक्ष्यमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्थाहरूमा सार्वजनिक बिदा दिएको हो ।

‘बुधबार सोनाम ल्छोछारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय