गठबन्धन सरकार विरुद्ध यूवा संघ नेपाल पाल्पाको मसाल जुलुस

विजयकुमार बौडेल – 

माघ १६ – राष्ट्रिय युवा संघ नेपाल पाल्पाले सरकारको संबिधान र जनबिरोधी कार्यको विरुद्ध तानसेनमा मसाल जुलुस निकालेको छ ।

यूवा संघ नेपाल पाल्पाले राष्ट्र र जनताको हित र समस्यामा गठबन्धन सरकार जिम्मेवार हुन नसक्दा जनतामा निरासा बढ्दै गएकोले दक्षिणपन्थी र अवसरवादी शक्तिहरु हावी हुँदैजाँदा प्राप्त उपलब्धीहरु पनि गुम्न सक्ने खतरा उत्पन्न भएको भन्दै मसाल जुलुस निकालेको हो ।

राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज तुल बहादुर अधिकारीले संबैधानिक र कानुनी व्यवस्था बमोजिम लोकतान्त्रको आधार स्तम्भको रुपमा रहेको स्थानीय तहको निर्वाचन, निर्वाचन आयोगले सिफारिस गरे बमोजिम निर्धारित समय भित्र निष्पक्ष एवं स्वतन्त्र रुपमा सम्पन्न गर्न तत्काल स्थानीय तहको निर्वाचन घोषणा गर्न सरकारसंग माग गर्नुभयो । अधिकारीले सरकारलाई राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमान प्रति सरकार गम्भिर बन्न अनुरोध गर्नुभयो ।

संघका केन्द्रिय सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज दिपक बिश्वकर्माले पेट्रोलियम पदार्थ सहित जनताको आधारभूत उपभोग्य बस्तुको मूल्य बृद्धिले जनताको ढाड सेकिएको भन्दै सरकार अभिभावकीय भूमिकाबाट गैरजिम्मेवार बन्दै गएको प्रति दुख गर्नुभयो ।

जिल्ला अध्यक्ष टीका बहादुर थापाले कालापानी, लिपुलेक र लिम्पीयाधुरा क्षेत्र नेपालको अभिन्न भू–भाग भएको भन्दै नेपालको भू–भागमा अझैपनि भारतले आफूखुसी पूर्वाधार निर्माण गरिरहेको प्रति गम्भिर ध्यानाकर्षण भएको बताउनुभयो । भारतको बलमिच्याई रोक्न र नेपाली भूभागमा नेपालीकोव्यवहारिक स्वामित्व स्थापना गर्न नेपाल सरकारसंग राष्ट्रिय युवा संघ नेपाल पाल्पाले माग गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय