चुनढुङ्गा दोहनबारे एमाले पाल्पाका जनवर्गीय संगठनहरुकाे ध्यानाकर्षण

विजयकुमार बौडेल –

माघ १६ – पाल्पा जिल्लामा कृयाशिल नेकपा एमाले सम्बद्ध विभिन्न जनवर्गिय संगठनहरुले जिल्ला प्रशासन कार्यालय पाल्पा मार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।

पाल्पाको चुनढुङ्गा र प्राकृतिक सम्पदाहरुको प्रयोग र उपभोगमा अनियमियता र अपारदर्शि ढंगबाट दोहन भैरहेको, बुटबल–तानसेन खण्ड अन्र्तगत सिद्धबाबा खण्डमा निर्माण हुने सुरुङ मार्ग र सिद्धार्थ राजमार्ग स्तरबृद्धिमा हुन गइरहेको बिलम्वलगाएतका विषयमा ध्यानाकर्षण गराईएको हो ।

गठबन्धन सरकारले जनतालाई निराश बनाउने काम गरेको र मुलुक अहिले गम्भीर संकटमा गुज्रिरहेको भन्दै जिल्लाका समसामयिक विषयहरु समेतका विषयहरुमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा नेपाली भू–भाग लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षबाट सडक निर्माण गर्दा समेत सरकारले चासो नदेखाएको, स्थानीय तहको निर्वाचन तत्काल घोषणा गर्न माग, पेट्रोलियम पदार्थ सहित आधारभूत उपभोग्य बस्तुको मूल्य बृद्धि र बजारमा कृतिम अभाव देखिन थालेको, कोभिड विरुद्धको खोपको बुस्टर डोज पर्याप्त व्यवस्था गर्नुपर्ने लगाएतका विषयमा ध्यानाकर्षण गराईएको छ ।

ज्ञापनपत्र बुझाउँदै राष्ट्रिय यूवा संघ नेपालका केन्द्रिय सचिव तुल बहादुर अधिकारीले कोरोना परिक्षणको दायरा बढाउन र कोरोना नियन्त्रणका प्रभावकारी उपायहरु अवलम्बन गर्न, बजारमा सिटामोलको समेत अभाव हुनु, औषधिजन्य बस्तुहहरुको कृतिम अभाव र चर्को मुल्यका कारण जनताको जनजीवन कष्टकर बन्दै गइरहेको बताउनुभयो ।

युवा संघ, अनेरास्ववियु, अखिल नेपाल महिला संघ, मुक्ती समाज, अखिल नेपाल किसान महासंघ, नेपाल खेलकुद महासंघ, प्रेस चौतारी, जिफण्ट, पेशागत महासंघ, मगर संघ, भू.पु सैनिक तथा प्रहरी महासंघका प्रतिनिधिले निमित्त प्रमुख जिल्ला अधिकारी रमा श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका हुन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय