कोरोना संक्रमण बाट पाल्पामा दुई जनाको मृत्यू

माघ १४– पाल्पामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमण बाट रम्भा–४, का ७२ वर्षीय पुरुष र तानसेन–५, का ९१ वर्षीय पुरुषको मृत्यु भएको हो । मिसन अस्पतालमा उपचारको क्रममा दुबै जना सक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

रम्भाका मृतकमा स्वासप्रश्वाससम्बन्धी दीर्घ समस्या र तानसेनका मृतकमा मुटुसम्बन्धी दीर्घ समस्या रहेको थियो । एन्टिजेन परीक्षण गर्दा दुबैजनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी कृष्ण पोखरेलले जानकारी दिनुभयो ।

पाल्पामा जिल्लामा कोरोनाको तेस्रो लहरमा पहिलो पटक दुई जना पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले बताउनुभयो । उहाँले कोरोनामा बिरामी बढेसँगै अस्पतालमा भर्ना हुने मानिसको संख्या समेत बढेको जानकारी दिनुभयो । दुइ जनाको मृत्युसँगै पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई सय ५९ पुगेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय