पाल्पामा बालिका करणी गर्ने युवक पक्राउ

पाल्पा –

जिल्ला प्रहरी कार्यालय पाल्पाले जबरजस्ती करणीमा संलग्न भएको आरोपमा एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको मधुवन नगरपालिका वडा नं.३ का २१ वर्षका सागर चौधरी रहेका छन् ।

चौधरीले रम्भा गाउँपालिकाकी १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा जायरीका आधरमा निजलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गत माघ ५ गते बिहान तानसेन नगरपालिका वडा नं–६, स्थित आफन्तकोमा आउँदा चौधरीले जबरजस्ती करणी गरेको पीडित बालिकाले माघ ९ गते प्रहरीमा उजुरी दिएपछि मात्रै चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैँयाले बताए ।

निजलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय