विजयकुमार बौडेल –
माघ १० – निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड यूनियन पाल्पाको पदस्थापना तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
पदस्थापना कार्यक्रममा केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश ईन्चार्ज मेघदेव पन्तले कर्मचारी हकहितका विषयमा उठेका सवाललाई केन्द्रसम्म पुर्याउने र समाधानका लागी पहल गर्ने बताउनुभयो । पन्तले अनुमान योग्य सरुवा प्रणालीको विषयमा केन्द्र संग माग गर्ने विषयमा समेत जोड दिनुभयो । कार्यक्रममा अध्यक्ष मनोज आचार्यले कर्मचारीहरुका विभिन्न समस्याहरु रहेको भन्दै त्यसको समाधानका लागी सबै मिलेर लाग्नु पर्ने बताउनुभयो । नव नियुक्त अध्यक्ष आचार्यले सबै कर्मचारीहरुको मनोभावना अनुरुप कर्मचारीहरुको हक अधिकारको लागि सामुहिक सौदाबाजी गर्न आफुले नेतृत्व गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयाे ।
यूनियन संघका अध्यक्ष रवि अर्याल, यूवराज ज्ञवाली, आधिकारीक ट्रेड यूनियनका पुर्व अध्यक्ष दिवाकर अर्याल, संगठनका उपाध्यक्ष विनोद घिमिरे, सहसचिव दोम राज अर्याललगाएतले कर्मचारीको हकहितका विषयमा स्थानिय तहसंग समन्वय गर्ने, गुनासो समन्वय गर्ने विषयमा यूनियनले काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा घटक संगठनका सदस्य, विभिन्न पेशागत संगठनका सदस्यहरु सहभागी थिए ।