रिब्दीकोटमा हरेक दिन कोरोना परिक्षण

सिता गौतम – 

माघ १० – रिब्दिकोट गाउँपालिकाले खस्यौली प्राथमिक केन्द्रबाट शनिबार र सार्बजनिक बिदा बाहेक अरु दिन कोरोना परिक्षण गरेको छ ।

गाउँपालिकाले नागरिकको सहजताका र सजग बनाउन प्रतेक दिन कोरोना परिक्षण गरेको हो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले कोभिड १९ को तेस्रो लहर दिन प्रतिदिन बढदै गएको र गाउँ गाउँमा कोभिडको मिल्दोजुल्दो लक्षण देखा परिरहेकाले नागरिकको स्वास्थ्यलाई मध्यनजर राख्दै कोभिड परिक्षणको दायरा बढाएको बताउनुभयो ।

अधिकारीले माघ ४ गते देखि ९ गते सम्म ४५ जनाको कोभिड परिक्षण गराएकोमा २८ जनाको पोजेटिभ रिर्पाेट आएकाले सबैलाई सजग रहन र सुरक्षाका मापदण्ड पालना गर्न अनुरोध गर्नुभयो । नागरिकलाई अति आबश्यक काम नपरि घर बाहिर ननिस्कन र निस्कनै परे मास्क लगाई निस्कन समेत अधिकारीले आग्रह गर्नुभएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय