विजयकुमार बौडेल –
माघ ८ – श्री सिद्धिविनायक सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड तारसेन १० को प्रारम्भिक साधारण सभा सम्पन्न भएको छ ।
सभामा अध्यक्ष केसरी रानाले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । तानसेन १० का सबै स्थान कार्यक्षेत्र रहेको सहकारीमा ३५ हजार २ सय रुपैंया सेयर लगानी रहेको छ । ३२ जना सेयर सदस्य रहेको संस्थाले खसिबाख्रा पालन, बेचबिखन, तरकारी खेती लगाएतका काम गर्ने जनाएको छ । साधारण सभाले तेल्घालाई घाँसको श्रोत केन्द्रको रुपमा विकास गर्ने, ७ सदस्यिय गाडी सञ्चालन उपसमिती बनाउने समेत निर्णय गरेको छ ।
प्रारम्भिक साधारण सभामा तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले महिला उद्यमीहरुले खोलेको सहकारीले व्यवसायिक सफलता प्राप्त गर्ने बताउनुभयो । नगरप्रमुख शाहीले महिलाहरुमा पुरुषमा भन्दा लगनशिलता बढी हुने र कामप्रति प्रतिवद्ध हुने गुण स्वभाविक रुपमा बढी हुने भएकाले सहकारीले छिटो विकास गर्ने विश्वास रहेको बताउनुभयो ।
तानसेन १० का वडाध्यक्ष लोचन प्रसाद तिमिल्सेनाले महिला उद्यमीको लागि नगरपालिका लगाएत अन्य संस्थाले सधै सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । ग्रामिण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लिला बहादुर कार्कीले महिलाहरुलाई उद्यमी बनाई आयमुलक काममा लगाउने र प्रतिफल लिने वातावरण तयार गर्ने बताउनुभयो । कार्कीले आर्थिक, प्राविधिक र आवश्यक सबै सहयोग गरेर महिलालाई संस्थागत विकासतर्फ डोहोर्याउने काम रेडाले गरेको बताउनुभयो ।
ग्रामिण आर्थिक विकास संघ रेडाका कार्यक्रम संयोजक लेखनाथ अधिकारीले उद्यम गर्ने महिलाहरुको समूह भएकाले सहकारिको व्यवसायिक उन्नती सहज रुपमा हुने बताउनुभयो । अधिकारीले सहकारी मार्फत किसानले गर्ने उत्पादनको मूल्य निर्धारण, बेचविखन, बजारीकरण लगाएतका क्षेत्रमा काम गर्ने बताउनुभयो ।
कोकलदेवी सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष उमा खनालले महिलाले सञ्चालन गर्न लागेको सहकारीलाई धेरै सहयोग र साथ आवस्यक भएको बताउनुभयो । स्थानिय रामचन्द्र कार्कीले गाडी सहयोगले यहाँको उत्पादन बजार सम्म विक्री गर्न सहज भएको बताउनुभयो ।