सत्तापक्ष र प्रतिपक्षको अनुभुती कहिल्यै गर्न परेन : नगरप्रमुख शाही

विजयकुमार बौडेल – 

माघ ६ – तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले आफ्नो कार्यकालमा सबै जनप्रतिनिधिले योजना तर्जुमा र कार्यान्वयनमा साथ दिएको बताउनुभएको छ ।

नगरप्रमुखशाहीले जुनसुकै दलबाट निर्वाचित भएर आएको भएपनी योजना तर्जुमा र कार्यान्वयन गर्ने क्रममा सत्तापक्ष र प्रतिपक्षको फरकपना नगरेर जनप्रतिनिधिहरुले साथ दिएको बताउनुभएको हो । उहाँले चुनावका सम्मुख आआफ्ना राजनैतिक घोषणापत्र भएपनी निर्वाचित भएपछी एकताको सन्देश दिनेगरि जनप्रतिनिधिले काम गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभएको हो ।

तानसेन नगरपालिकाले २०७४ देखी २०७८ सम्मको १० वटा नगरसभामा सत्तापक्ष र प्रतिपक्षको अनुभुती गर्न परेन । विभिन्न राजनैतिक दलमा आस्थावान भएपनी निर्वाचित भएपछी तानसेनवासीका प्रतिनिधि हौं भन्ने कुराअनुभुत गराएको नगरप्रमुख शाहीको भनाई छ ।

तानसेन नगरपालिकाले यो कार्यकालमा सडक तथा भौतिक पुर्वाधार निर्माण संगै कृषी, शिक्षा, यूवा स्वरोजगार, हाम्रो तानसेन प्रकाशन, सिद्धार्थ आर्थिक करिडोरलगाएतका रचनात्मक कामको थालनी गरेको जनाएको छ । नगरपालिकाले सिमित साधन र श्रोत तथा कोरोना कहरका विच विकास निर्माण संगै मानविय सरोकारका सवाललाई अधिकतम सम्बोधन गर्ने प्रयास गरेको जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय