माथागढीमा लैंगिक समानता तथा समाजिक समावेशीकरण परिक्षण

माया बस्याल – 

माघ ५ – माथागढी गाउँपालिकामा लैंगिक समानता तथा सामाजिक समाबेशीकरण परीक्षण कार्यक्रम सम्पन्न भएको छ  ।

कार्यक्रममा लैङ्गिक हिंसा, समाबेशीकरण, महिला सहभागीता, अल्पसंख्यक सहभागीता, नीतिगत वकालत, सामाजिक हिंसाको अवस्था, भौतिक पूवाधार निर्माणमा समावेशीता, निर्णयमा सार्वजनिकता, न्यायरुपणमा समानता जस्ता विषयमा छलफल गरिएको छ ।

छलफलमा सोधिएका १ सय ४० वटा प्रश्नहरुका समीक्षात्मक अंकात्मक विश्लेषण गरि गरिएको कामलाई गुणात्मक सहित अंङ्कात्मक विधि मार्फत अंक प्रदान गरिएको थियो । गाउँपालिका अध्यक्ष सन्तोष थापाले कार्यक्रमले योजना तथा कार्यक्रमलाई समावेशी र पारदर्शी बनाउन टेवा मिलेको बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले कार्यक्रमले कार्यसम्पादन गर्ने क्षमता विकासमा अभिवृद्धि हुने बताउनुभयो । प्रदेश प्रतिष्ठानका विज्ञ ओम लामिछानेले सहजीकरण गर्दै सिकेका कुरालाई व्यवहारमा उतार्न सहभागी कर्मचारी र जनप्रतिनिधिलाई अनुरोध गर्नुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय