विजयकुमार बौडेल –
माघ ५ – कोरोना विरुद्धको खोप लगाएको खोप कार्डको अहिले महत्व बढेको छ ।
सरकारले माघ ७ गतेदेखि सार्वजनिक स्थल प्रवेश गर्न र सेवा लिन जाँदा खोप कार्ड अनिवार्य रुपमा देखाएर मात्र प्रवेश गर्न पाउने भएपछी खोप कार्डको महत्व बढेको हो ।
खोप लगाएका व्यक्तिले कार्ड हराएमा खोप कार्ड पुन बनाउन सकिने भएको छ । हराएमा त्यसको प्रतिलिपि पाईने भएको छ । दुई मात्रा खोप लगाएको भए खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट कार्ड लिन सकिने छ ।
त्यसैगरी जोन्सन एन्ड जोन्सन खोप लगाएको भए सोही केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट लिने र पहिलो मात्रा खोप लगाएकाले खोप लगाएकै केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट लिन सकिने छ ।