पाल्पामा थप २४ जनामा कोरोना संक्रमण

विजयकुमार बौडेल – 

माघ ५ – पाल्पामा २४ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले कोरोना रिपोर्ट सार्वजनिक गर्दै थप २४ जना कोरोना संक्रमण पुष्टी गरेको हो ।

स्वास्थ्य कार्यालय पाल्पाका अनुसार माथागढी गाउँपालिकाका १ जना, रामपुर नगरपालिकाका १ जना, पूर्वखोला गाउँपालिकाका २ जना, रैनादेवी छहरा गाउँपालिकाका १ जना, रम्भा गाउँपालिकाका १ जना, बगनासकाली गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

त्यस्तै तिनाउँ गाउँपालिकाका १ जना, रिब्दीकोट गाउँपालिकाका २ जना, निस्दी गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका ११ जनामा कोरोना पुष्टि भएको हो । कुल ५४ जनाको कोरोना परीक्षण गर्दा २४ जना संक्रमित भएका हुन् । यो एन्टिजेन र पीसीआर माध्यम्बाट परिक्षण गरिएको संख्या हो ।

२४ जना नयाँ संक्रमित थपिएपछि जिल्लाभर कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ९४ पुगेको छ । सक्रिय संक्रमितमध्ये २ जना अस्पतालमा भर्ना भएका छन् । यस्तै सोही अवधिमा ७ जना संक्रमित भने संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालय पाल्पाका फोकल पर्सन कृष्ण पोखरेलले बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय