
सिता गौतम –
माघ ५ – रिब्दीकोट गाउँपालिकाले पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्ने तयारी गरेको छ ।
गाउँपालिकाले घोषणा गर्ने तयारी स्वरुप विभिन्न स्वास्थ्य चौकीमा अभिमुखिकरण थालेको छ । घोषणा तथारी स्वरुप रिब्दिकोट गाउँपालिका पालुङ मैनादी स्वास्थ्य केन्द्रमा अभिमुखीकरण सम्पन्न भएको छ ।
अभिमुखिकरणमा स्वास्थ्य चौकीका व्यवस्थापन समितिका पदाधीकारी, सामुदायीक महिला स्वास्थ्य स्वयम्सेविका, स्वास्थ्यकर्मीलगायतलाई पोषणमैत्री स्वास्थ्य संस्थाका लागी आवश्यक विषयहरु, अपनाउनुपर्ने सुरक्षा, पालना गर्नुपर्ने नियमहरु, पुरा गर्नुपर्ने सुचक लगाएतका विषयमा सहजिकरण गरिएको छ ।
सुआहारा पाल्पा स्वास्थ्य तथा पोषण अधिकृत बिनोद कुमार पोखरेल तथा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शुनिल अधिकारीले कार्यक्रमको सहजीकरण गर्दै सबै प्रतिवद्ध भएर लागेमा गाउँपालिकाको लक्ष्य भेटाउन समय नलाग्ने कुरामा जोड दिनुभयो ।
स्वास्थ्य चौकी प्रमुख कमला लामटाङेले पुरा गर्नुपर्ने सुचकहरुमा ध्यान दिने र घोषणाका लागी सबै टिम मिलेर काम गर्ने बताउनुभयो । सुआहारा कार्यक्रमको सहयोगमा अभिमुखिकरण सम्पन्न भएको हो ।