बोलिपोखरा सामुदायिक भवन घेराबार तथा शौचालय निर्माण कार्य सम्पन्न

भुवन सिंजाली 

माघ ४ – पुर्वखोला गाउपालिका वडा नम्बर ४ देविनगरको बोलिपोखरा सामुदायिक भवन घेराबार तथा शौचालय निर्माण कार्य सम्पन्न भएको छ ।

वडाको चालु आर्थिक वर्षको बजेटबाट विनियोजन गरेको २ लाख ५० हजार रुपैंया र स्थानीयको जनश्रमदान गरि सामुदायिक भवनको घेराबार र शौचालय निर्माण कार्य सम्पन्न भएको हो । सामुदायिक भवनमा घेराबार र शौचालय निर्माण भए पछि भवनको सुरक्षा हुनुका साथै शौचालय व्यवस्थापनले टोलको बैठक गोष्ठि तालिम गर्न सहज भएको उपभोक्ता समितिका अध्यक्ष नारायण सिंजालीले बताउनु भयो ।

वडाको ९ वटै टोलमा सामुदायिक भवनको निर्माण सम्पन्न भईसकेको छ । यस वर्ष ५ वटा सामुदायिक भवनमा घेराबार र शौचालय निर्माणको काम सम्पन्न भएको वडाध्यक्ष रिम प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय