कोरोना महामारीमा वैकल्पिक अध्यापन गर्नु पर्ने बिष्णु मावि अभिभावक भेलाको निर्णय

गिता रेग्मी 

माघ ४ – विष्णु माध्यमिक विद्यालय बगनासकाली २ पोखराथोकको अभिभावक भेलाले कक्षागत शिक्षकहरूले अङ्क तालिका बनाएर विषयगत शिक्षण सिकाई उपलब्धि मुलक बनाउनु पर्ने निर्णय गरेको छ ।

भेलामा वडाध्यक्ष टेकनाथ शर्मा गैरेले कोभिडको अस्तव्यस्त अवस्थामा पनि सबै अभिभावक उपस्थित भएर आफ्ना छोरा छोरीको अवस्था बुझ्न खोज्नु सकारात्मक भएको बताउनुभयो । शर्माले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर समय अनुसार विधालयलमा परीक्षा पछि पढाईलाई निरन्तरता दिन पुन अभिभावक भेला गरि कक्षा संचालन गर्न सकिने बताउनुभयो ।

व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक र कक्षा ८ देखि १२सम्म अध्ययन गर्ने विधार्थीहरूका अभिभावक उपस्थित रहेको भेलामा व्यवस्थापन समिति अध्यक्ष तिर्थ प्रसाद भट्टराईले अभिभावकहरूको महत्वपूर्ण सुझाव कार्यान्वयन गर्ने, शैक्षिक सुधारमा परिवर्तन ल्याउने रणनिति र कोभिड १९ का कारण शिक्षामा भएको नोक्सानि बारे चर्चा गर्नुभयो ।

प्रधानाध्यापक चुरामणि ढकालले स्थानीय सरकारले अहिलेको विषम परिस्थितिमा कोभिड १९ का कारण उत्पन्न परिस्थितिमा विधालयहरू बन्द भएको र माघ ९ गते देखि हुने परिक्षामामा सुरक्षाका मापदण्ड अपनाएर परिक्षा संचालन गर्ने बताउनुभयो । समाजसेवि घनराज अधिकारीले अभिभावकले प्रश्न राख्नसके विधालयमा शैक्षिक सुधार हुने बताउनुभयो । अधिकारीले छोराछोरीलाई केही घरको काममा पनि लगाउनुपर्ने र बाहिरी बाताबरणमा समेत घुलमिल गराउनु पर्ने कुरामा जोड दिनुभयो । समाजसेवी कवि प्रसाद नेपालले विधालयहरूमा आधाभुत तह र माध्यमिक तहलाई वैकल्पिक रुपमा भए पनी पालैपालो पढाउनु पर्ने विचार व्यक्त गर्नुभयो ।

सामाजिक श्रोत विकास केन्द्र पाल्पाका सहजकर्ता दुर्गा पाण्डेयले विद्यालयमा विधार्थीहरूलाई स्वास्थ्य सामग्री उपलब्ध गराउन तयार रहेको बताउनु भयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय