
विजयकुमार बाैडेल
माघ ४ – रिब्दिकोट गाउँपालिकाका सबै विद्यालयमा खोप केन्द्र सञ्चालन गरि कोभिड १९ विरुद्धको खोप लगाईने भएको छ ।
गाउँपालिकाका १० वटा बिद्यालयमा खोप केन्द्र संचालन गरि कोभिड १९ बिरुद्धको मोर्डना खोप लगाईने भएको हो । खोप केन्द्र सञ्चालन गरि यहि माघ महिनाको ६ र ७ गते १२ देखि १७ बर्ष उमेरका बिद्यार्थी समुहलाई मोर्डनाको दोस्रो मात्राको खोप दिईने गाउँपालिका स्वास्थ्य साखा प्रमुख सुनिल अधिकारीले बताउनुभयो ।
अधिकारीले खोप नलगाएका सबै विद्यार्थीहरुलाई अभियान नै सञ्चालन गरेर खोप लगाईने भएकाले सम्बन्धित सबैले प्रत्येक खोप केन्द्रमा बिद्याथीलार्ई सहभागी बनाउन विद्यालयहरुलाई आग्रह गर्नुभयो ।
खोप लगाउन आउदा अनिबार्य खोप कार्ड लिएर आउन समेत गाउँपालिका स्वास्थ्य साखाले अनुरोध गरेको छ ।