तानसेन नगरपालिकाको दशौं नगरसभा सम्पन्न

विजयकुमार बौडेल – 

२९ पौष – तानसेन नगरपालिकाको दशौं नगरसभा विनियोजन ऐन २०७८ को पहिलो संसोधन विधेयक पारित गर्दै सम्पन्न भएको छ । दशौं नगरसभाले चालु आर्थिक बर्ष २०७८/७९ को अर्धबार्षिक समिक्षा तथा कार्यकालको उपलब्धी समेत गर्दै सम्पन्न भएको हो ।

नगरसभाले पुर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, वन, वातावरण तथा विपद् व्यवस्थापन, सुशासन तथा संस्थागत विकास, पेश्की तथा बेरुजुको अवस्था, अर्धबार्षिक बजेट समिक्षा तथा संशोधन, यूवा रोजगार, स्वास्थ्य, शिक्षालगाएतका बिषयमा समिक्षा गरेको हो ।
नगरसभामा नगरप्रमुख अशोककुमार शाहीले पुर्वाधार निर्माण तर्फ १३.०२ किलोमिटर नयाँ सडक निर्माण, २११.५५ किलोमिटर सडक स्तरोन्नती तथा मर्मत, ७.९५ किलोमिटर सडक कालोपत्रे तथा ढलान गरिएको बताउनुभयो । नगरप्रमुख शाहीले ११२ वटा सामुदायिक भवन निर्माण तथा मर्मत, ८१ वटा ट्रस निर्माण, ५ वटा कवर्ड हल, ५१ वटा मन्दिर तथा पुर्वाधार व्यवस्थापन, २.६८६ किलोमिटर ढल तथा नाली निर्माण, १६० वटा खानेपानी निर्माण तथा मर्मत योजना सञ्चालन भएको बताउनुभयो ।

नगरपालिकाले १.४४ किलोमिटर सिंचाई कुलो मर्मत, मठमन्दिर र सार्वजनिक स्थानहरुमा ६८ वटा सोलार सडक बत्ति जडान, काठको पोल विस्थापन र आवश्यक नयाँ पोलका लागी ४५७ वटा विद्युतिय पोल खरिद र सडक व्यवस्थापन र भुक्षय नियन्त्रणका लागी ५१६ वटा ग्याविन जाली खरिद गरेको जनाएको छ ।

नगर प्रमुख शाहीले प्रस्तुत गर्नुभएको समिक्षा तथा उपलब्धिमा विभिन्न स्रोतबाट संचालन हुने कुल ४ सय ७१ आयोजनाहरु मध्ये ३ सय २४ योजना सम्झौता भएको तथा ६४ वटा योजना सम्पन्न भैसकेका छन । युबा स्वारोजगार कार्यक्रम तर्फ नगरका ६ सय ७२ जना युबा उधमीले सेबा प्राप्त गरेका छ्न । पाल्पाली ढाकाको प्रबद्र्धनको काम भैरहेको र ढाकाको राजधानी घोषणाको काम तिब्ररुपमा अगाडि बढेको छ ।

सभामा नगरप्रमुख शाहीले छोरी शिक्षा कार्यक्रम निरन्तर अगाडि बढेको जानकारी दिनुभयो । तानसेन नगरपालिकाले कक्षा १ देखि ८ सम्मका लागि स्थानीय पाठ्यक्रम अन्तरगत “पू्र्खाको नासो हाम्रो तानसेन” पुस्तक प्रकाशन गरि बिधालयलाई उपलब्ध गराएको छ । नगरले पछिल्लो ६ महिनामा ३ सय ५० गरिब बिपन्न परिवारको निशुल्क स्वास्थ बिमा गरिदिएको छ । नगरले करिब ४ बर्षको यो अबधिमा बतासेडाडामा प्रदेश स्तरीय छायाङकन स्थलको निर्माणको लागि डिपिआर तयार पारी सकेको जनाएको छ ।

यस आर्थिक बर्षमा कुल ६ करोड आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा २ करोड १६ लाख २५ हजार ८ सय २३ रुपैयाँ संकलन भएको नगरपालिकाले जनाएको छ । जसमा आर्थिक बर्ष २०७७÷७८ को कुल बेरुजु ३४ करोड १५ लाख ५१ हजार रहेकोमा पेश्की बेरुजु ३ करोड ३४ लाख ७२ हजार २ सय २९ रुपैयाँ र नियमित गर्नु पर्ने ३ करोड ८० लाख ७६ हजार ७ सय ७१ रहेको छ । जसमा ३ लाख ९३ हजार २ सय ४३ असुल भएको छ । सम्परिक्षणको लागि ८ लाख ९८ हजार १ सय २० बराबरको कागजात एबम विवरणहरु प्राप्त भएको नगरपालिकालृ जनाएको छ ।

उद्यमशिलता बिकास कार्यक्रमका आधारमा युबाहरुलाई बिना धितो ६ करोड ३५ लाख सुलभ कर्जा प्रदान गरि १ सय ३२ परिवारका करिब ७ सय ९२ युबालाइ उधमी बनाएको छ । एक वडा, एक किलोमीटर पक्की सडक अभियान अन्तर्गत अधिकांश वडामा ठेक्का भई काम अगाडि बढेको छ ।

नगर उपप्रमुख लक्ष्मीदेवी पाठकले संशोधित विधेयक अनुसार आर्थिक बर्ष ०७८÷०७९ को निमित्त नगरकार्यपालिका र त्यस अन्र्तगत वडा समिति, विषयगत शाखा तथा अन्य निकायहरु मार्फत गर्ने सेवा र कार्यहरुका लागी एक अरब ४१ करोड १० लाख ८४ हजार ४५ रुपैंया आय, व्यय चालु खर्च, पुँजीगत खर्च र वित्तिय व्यवस्थाको रकम समेत गरि नबढाई सञ्चित कोषबाट खर्च गर्न सकिने बताउनुभयो ।

नगरसभाले विनियोजन विधेयकको अनुमानित कार्यक्रम बमोजिम कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च, वित्तिय व्यवस्था, नगर गौरवका आयोजना, समपुरक कोष अन्र्तगत सञ्चालन हुने कार्यक्रम, नगर स्तरिय कार्यक्रम, विशेष कोष मार्फत सञ्चालन हुने कार्यक्रम, वडा स्तरिय कार्यक्रम, सशर्त कार्यक्रमहरु र अन्य खर्च तथा कार्यक्रमहरु तोकिएको बजेट सिमा भित्र रहि कार्यक्रम कार्यान्वयन गर्न नगर प्रमुखलाई अख्तियारी समेत प्रदान गरेको छ ।

संसोधित विधेयकमा चालु आर्थिक बर्षभित्रै उल्लेखित श्रोत भन्दा अतिरिक्त कुनै पनी निकायबाट सशर्त या निशर्त रकम प्राप्त भएमा खर्चका लागी वाधा नपर्ने तर आगामी नगरसभाबाट अनुमोदन गर्ने गरि कार्यपालिका बाट स्विकृत गराएर मात्र गर्च गर्न सकिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पिताम्बर पाण्डेयले बताउनुभयो ।

नगरसभाको शुन्य समयमा सभासद्हरु रमेश न्यौपाने, दुर्गा नेपाली, विष्णु कार्की, प्रशान्त मल्ल, प्रेम बहादुर मल्ल र नारायण न्यौपानेले तानसेन खानेपानी नगर सरकारले जिम्मेवारी लिने कुरा हराएको, सडक मापदण्ड नमिलेको हुदा राजमार्ग भन्दा भित्री सडकलाई धेरै जग्गा छोड्नु पर्ने नियम अमिल्दो भएको, ठेक्का लगाउने र छोड्ने परम्परा मनलाग्दी भएको, नगरभित्रका बिरामीले रेफरको नाममा धेरै झन्झट बेहोरेको भन्दै सिधै आफुले रोजेको अस्पतालमा उपचार गराउन पाउनु पर्ने, कहिले पनि नगरसभा कसैबाट बहिष्कार तथा स्थागित नभएको, नगरसरकारले महिला तथा दलितको लागि काम गरेकोलगाएतका विषयमा विचार व्यक्त गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय