काठमाडौं । नेकपा एमालेको ३७ जिल्लामा अध्यक्ष चयन भएका छन् । शुक्रबार ६३ जिल्ला अधिवेशन गरेको एमालेमा हालसम्म ३७ जिल्लामा अध्यक्ष चयन भएका हुन् । अधिकांश जिल्लामा सर्वसम्मत अध्यक्ष चयन भएका छन् भने कतिपय जिल्लामा चुनाव भएको छ ।
गत मंसिरमा चितवनमा महाधिवेशन भएको महाधिवेशनले केपी शर्मा ओलीको अध्यक्षतामा नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको थियो ।
कुन जिल्लामा को भए अध्यक्ष ?
काठमाडौँ- दीपक निरौला
ललितपुर- पुरूषोत्तम आचार्य
सिन्धुली- कुमारबहादुर कार्की
इलाम- महेश बस्नेत
खोटाङ- रामप्रसाद दंगाल
गुल्मी- बालसिंह काउछा
तनहुँ- श्रीप्रसाद श्रेष्ठ
रसुवा- कर्णेल लामा
नुवाकोट- बद्रीप्रसाद मैनाली
झापा- दीपक कार्की
पाल्पा- धनेन्द्रराज घिमिरे
दाङ- हुकुम बस्नेत
डोल्पा- शेरबहादुर बुढा
सल्यान- गोविन्द पुन
बर्दिया- लालबहादुर श्रेष्ठ
बाँके- किष्मत कक्षपति
धादिङ- भूमि त्रिपाठी
अर्घाखाँची- पिताम्बर भुषाल
मोरङ- ऋषिकेश पोखरेल
काभ्रेपलाञ्चोक- अशोक ब्याञ्जू
भक्तपुर- बचन देउजा
सप्तरी- ताराकान्त चौधरी
धनकुटा- ईन्द्रमणि पराजुली
नवलपरासी पश्चिम- दीपेन्द्र अधिकारी
कपिलबस्तु- डम्बर शर्मा
तेह्रथुम- तेजमान कन्दङ्वा
रूपन्देही- तेजेन्द्र केसी
लमजुङ- कृष्ण अधिकारी
गोरखा- प्रेम गुरूङ
पाँचथर- राजकुमार भण्डारी
रामेछाप- आनन्द श्रेष्ठ
मकवानपुर- एकलाल श्रेष्ठ
डडेल्धुरा- प्रकाश साउद
भोजपुर- शरण राई
बैतडी- सुरेन्द्र पाल
म्याग्दी- देवेन्द्र केसी
जुम्ला- शान्तिलाल महत