विजयकुमार बाैडेल –
पाल्पा । पाल्पाको तानसेन नगरपालिका–६, कुनसरेकी वृद्धाको हत्या भएको छ । सोही स्थानकी ६५ वर्षीया सरस्वती घर्तीको हत्याबाट मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले प्रमाणका अभावका कारण हत्या भनी सार्वजनिक गरेको छैन । घटनास्थल देखिएका प्रमाण आधारमा महिलाको हत्या गरी भिरमा फालिएको स्थानीयबासिन्दाको दावी छ ।
जिप्रका पाल्पाका प्रहरी नायव उपरिक्षक रामेश्वेर त्वातीले घर्तीको घरको ढोका र सुत्ने बिस्तरामा समेत रगत फेला परेको बताउनुभयो । हत्या गरी घर देखि नजिकै १५० मिटर पर भीरमा घर्तीको शव भेटिएको हो ।
घर्तीका छोरा गणेश बहादुरले आमालाई चिया लिएर जादा मृत अवस्था भेटिएको प्रहरीको दावी छ । मृतक घर्ती घरमा एक्लै बसोबास गर्दै आएको बुझिएको छ ।
शव पोस्टमार्टम रिपोट नआउदासम्म हत्याबाट नै मृत्यु भएको भन्न समस्या भएको प्रनाउ त्वातीले बताउनुभयाे ।शव परिक्षणका लागि बुटबल लगिएको प्रहरीले जनाएको छ ।
प्रहरीले घर्तीको घरमा रगत देखेपछि हत्याको आशंकामा घटनामा संलग्न व्यक्तिको खोजी कार्य तीव्र बनाएको छ ।