०५८ सालमा विद्युतिकरण भएको सन्ढापमा साझमा हुन्छ अन्धकार

विजयकुमार बौडेल, पाल्पा

१३ पौष – बगनासकाली १ चिर्तुङधारा सन्ढापका घरघरमा विद्युत लाईन विस्तार भएको छ, बत्ती जोडीएका छन, तर साँझको अन्धकार मेट्ने बत्ती भने बल्दैन ।

२०५८ सालमा विद्युतीकरण भएपनी हालसम्म थ्रीफेज लाईन विस्तार नहुँदा साँझ बिहान बत्ती समेत बल्दैन । बत्ती बले पनि जुनकिरी बले झैं बल्ने र मोबाईल समेत चार्ज नहुने समस्या रहेको स्थानिय लक्ष्मी प्रसाद न्यौपानेले बताउनुभयो । ३० घर बढी वासिन्दा रहेको सन्ढापमा विद्युत विस्तार भएपनी बिहान साँझ विद्युतबाट हुने सबै काम रोकिन्छ ।

जसले गर्दा स्थानियहरुले बत्ती बाल्ने, मोबाईल चार्ज गर्ने, सञ्चारमाध्यमको प्रयोग गर्ने लगाएतका कामबाट वञ्चित हुनुपरेको छ । यस्तो समस्या भोग्न परेपछी नेपाल पत्रकार महासंघ पाल्पाका पुर्व सभापती गोविन्द भट्टराई नेतृत्वको सन्ढाप वासिन्दा टोलीले नेपाल विद्युत प्राधिकरण पाल्पालाई ज्ञापनपत्र बुझाएको छ ।

भट्टराईले नागरिकले दुख पाएको भन्दै छिटोभन्दा छिटो समस्याको समाधान गर्न माग गरेको बताउनुभयो । प्राधिकरण प्रमुख ईन्जिनियर विवेक आचार्यले ज्ञापनपत्र बुझ्दै सन्ढापको स्थलगत निरिक्षण गरेर समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय