विजयकुमार बौडेल, पाल्पा
१७ पौष – नेकपा एमाले पाल्पाको नवौं अधिवेशन तयारी तिव्र गतिमा अघि बढेको एमाले पाल्पाले जनाएको छ ।
एमाले पाल्पाको अधिवेशनका लागी पाल्पाका सबै वडामा प्रतिनिधि छनौट प्रारम्भ गरि तयारी अघि बढेको एमाले पाल्पाले जनाएको हो । नेकपा एमाले केन्द्रिय सदस्य तथा पाल्पा ईन्चार्ज ठाकुर गैरेले नेकपा एमाले भित्र पैदा भएको संकटसमाधान गर्न अझ बढि एकता बद्ध, गतिशिल र अझ मजबुद बनाउन अधिवेशनले सहयोग गर्ने बताउदै सबै क्षेत्रलाई मिलाई शक्तिशाली पार्टी निर्माण गर्न सबैलाई जुट्न आग्रह गर्नुभयो ।
नेकपा एमाले पाल्पाका अध्यक्ष तथा लुम्बिनी प्रदेश सांसद नारायण प्रसाद आचार्यले अधिवेशनका लागी विभिन्न उपसमिति गठनका काम सम्पन्न भईसकेको जनाउँदै प्रतिनिधि छनौट पनी सहज तरिकाले भएको बताउनुभयो ।
एमाले तानसेन नगर कमिटिका अध्यक्ष गुराँस आत्रेयले जिल्लाभरी प्रतिनिधि छनौटमा कुनै समस्या नभएको भन्दै एमाले प्रति अहिले जनताको विश्वास बढेको बताउनुभयो । भुमिगत काल पछी पाल्पामा पहिलो पटक सदरमुकाम भन्दा बाहिर जिल्ला अभिवेशन हुन लागेको भन्दै सबै कार्यकर्ताहरुमा उत्साह जागेको नगर अध्यक्ष आत्रेयले बताउनुभयो ।
अधिवेशनमा सहभागी हुने प्रतिनिधिको निर्वाचन पूर्ण लोकतान्त्रिक प्रक्रिया र समावेशी आधारमा पार्टी सदस्यबीच पौष २३ गते तानसेन ९ तिन्टीआँपमा हुनेछ । अधिवेशनलाई पार्टीका केन्द्रिय उपाध्यक्ष तथा पुर्व अर्थमन्त्री बिष्णु पौडेलले सम्बोधन गर्ने एमाले पाल्पाले जनाएको छ ।