प्रविधीमा फड्को मार्दै तानसेन नगरपालिका : फेमिली कार्ड वितरण गर्ने

विजयकुमार बौडेल, पाल्पा

५ पौष – तानसेन नगरपालिकाले सबै घरपरिवारलाई पारिवारिक लगत विवरण संकलन गरि फेमिली कार्ड वितरण गर्ने भएको छ ।

नगरपालिका भित्रका सबै घरपरिवारहरुको विवरण संकलन गरेर फेमिली कार्ड वितरण गर्ने भएको हो । नगरपालीकाले सबै वडामा गणकहरु खटाएर घरपरिवारको तथ्यांक संकलन गर्ने जनाएको छ । लगत संकलनमा १४ जना गणकहरुले तथ्यांक संकलन गर्ने छन ।

तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले नागरिक र परिवारको डिटेल अपडेट गरि प्रविधिमैत्री बनाउन तथ्यांक संकलन गर्न लागिएको बताउनुभयो । नगरप्रमुख शाहीले नागरिक र कार्यालयलाई पेपरलेस बनाउँदै लैजाने योजना समेत रहेको भन्दै त्यसको पुर्वतयारी अनुरुप तथ्यांक संकलन गरिएको बताउनुभयो ।

नगरपालिकाका सुचना प्रविधी अधिकृत प्रकाश गैरेले पछिका दिनमा नगरपालिका भित्र हुने सम्पुर्ण कामका लागि प्रयोग हुने गरि फेमिली कार्डको सोंच ल्याएको बताउनुभयो । फेमिली कार्डमा नागरिकता विवरण, परिवारका सबै सदस्यको विवरण लगाएत समावेश हुने छन । यसबाहेक पारिवारिक स्वास्थ्य अवस्था, चर्पीको प्रयोग, बैदेशिक रोजगारी विवरण, घरजग्गाको विवरण, आर्थिक विवरण, नगरपालिका बाट पाएका सेवा सुविधा लगाएतका जानकारी फेमिली कार्डको बार कोड मार्फत हेर्न मिल्ने छ ।

नगरपालिकाले घरघरमा आउने गणकहरुलाई सहि सुचना दिएर सहयोग गर्न सम्पुर्ण घरपरिवार तथा वडा कार्यालयलाई समन्वय गर्न अनुरोध गरेको छ । नगर सुचना व्यवस्थापन प्रणाली अन्तरगत फेमिली कार्ड निर्माण र वितरण गरिन लागेको नगरपालिकाका सामाजिक विकास साखा अधिकृत भरत आचार्यले जानकारी दिनुभयो ।

फेमिली कार्डमा डिजिटल माध्यमबाट अध्ययन गर्न सकिने बार कोड, घर नम्बर, फेमिली आईडी नम्बर समावेश गरिनेछ । जसमार्फत नगरपालिकाले सहज रुपमा नागरिकको सुचना प्राप्त गरि कार्यसम्पादन छिटो र सरल हुने विश्वास लिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय