सामुदायिक तथा संस्थागत विद्यालयहरुका लागि मोडर्ना खोपसम्बन्धी अभिमुखिकरण कार्याक्रम ।

मानु हिस्की
पौष ०६, २०७८ पाल्पा ।

रिब्दीकोट गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सामुदायिक तथा संस्थागत विद्यालयहरुका लागि मोडर्ना खोपसम्बन्धी अभिमुखिकरण कार्याक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमूख अतिथि गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले कोभिड १९ विरुद्धको खोप कार्यक्रमलाई सफल बनाउन सम्बन्धीत विद्यालयका प्रधानाध्यापकहरुले सहयोग गर्नुपर्ने बताउनुभयो । प्राथमिक उपचार बक्स हस्तान्तरण गर्दै उहाँले विद्यलाय लगायत स्थानीय स्तरमा घटना घट्दा वा आपत विपद पर्दा उपचारका लागि सामग्रीले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
गाउँपालिका स्वास्थ्य शाखा संयोजक सुनिल अधिकारीले मोडर्ना खोपको परिचय, उद्देश्य, महत्व र भण्डारण, ढुवानी तथा प्रयोगात्मक विधिका बारेमा सहजीकरण गर्नुभयो । उहाँले खोप दिने तरिका, खोप लगाउने उमेर समूह १२ देखि १७ वर्षसम्मका बालबालिकालाई पाहिलो तथा दोश्रो मात्रा दिने समय र स्थान, खोप लगाउँदा र लगाइसकेपछि ध्यान दिनुपर्ने अवस्थाका बारेमा जानकारी दिनुभयो । प्राथमिक उपचार बक्सको आवश्यकता र महत्व, १० थरि औषधीको प्रयोगात्मक विधिका बारेमा सिकाइएको छ ।
गाउँपालिका भित्रका विद्यालयका प्रधानाध्यापक, स्वास्थ्य संस्थाका प्रमूखहरुको सहभागिता विद्यालयहरुसँग सुआहारा कार्यक्रमले विद्यालय पोषण, किशोरीहरुलाई आइरन चक्की सम्बन्धी अभिमुखीकरण तथा समीक्षा समेत सम्पन्न गरेको छ ।
कार्यक्रममा किशोर अवस्था र पोषण, आइरनको कमीले हुने रक्तअल्पता, लक्ष्यण र असरहरु, सन्तुलित भोजनको पूर्ती गराउनका लागि पोषणको वृद्धि र शिक्षा, रक्तअल्पता पूर्ति गराउन आवश्यक तत्व, खुवाउने तरिका, उमेर समूहका किशोरीहरु, प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराका बारेमा सिकाइएको छ ।
नेपालको तथ्याङक अनुसार ४२ प्रतिशत रक्तअल्पता भई विभिन्न समस्या भोग्दै आइरहेका आमा र बच्चाको स्वास्थ्य सुधारका लागि विद्यलायमार्फत यो कार्यक्रम सञ्चालन गरिएको सुआहारा कार्यक्रमका फिल्ड संयोजक दिनेश घिमिरेले जानकारी दिनुभयो ।
गाउँपालिकाका निमित्त प्रमूख प्रशासकीय अधिकृत तथा शिक्षा शाखा संयोजक मणि खनाल, सरस्वती तिमल्सेना, शिव जीसी लगायतले बोल्नुभएको कार्यक्रममा रिब्दीकोट १ ख्याहाकी क्यान्सर पीडित सीता कुमालको उपचार खर्च स्वरुप स्वास्थ्यकर्मीहरुबाट संकलन गरिएको ३४ हजार ७ सय रुपैयाँ झपेन्द्र कुमाललाई हस्तान्तरण गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय