तानसेन नगरपालिकाले रानीमहललाई थप व्यवस्थित गर्दै

विजयकुमार बौडेल, पाल्पा
२९ मंसिर – तानसेन नगरपालिकाले प्रेमको प्रतिक रानीमहललाई अल्पकालिन रुपमा व्यवस्थित गर्न लागीपरेको छ ।

नगरपालिकाले अल्पकालिन रानीमहल व्यवस्थापन योजना बनाएर काम सुरु गरेको छ । रानीमहलमा पर्यटकका लागी पहिलो पटक स्वच्छ खानेपानीको व्यवस्थापन भएको छ । साढे ६ किमि टाढाको मुल बाट स्वच्छ पानीको व्यवस्थापन गरिएको संयोजक शंकर भण्डारीले जानकारी दिनुभयो । घुम्न आउने पर्यटकहरुलाई खानेपानीको निकै समस्या भएपछी ३ महिना लगाएर यूरो गार्ड सहित स्वच्छ खानेपानीको व्यवस्थापन गरिएको भण्डारीले बताउनुभयो ।

नगरपालिकाले १५ लाख रुपैंया बजेट विनियोजन गरेर रानीमहललाई अल्पकालिन रुपमा व्यवस्थापन गर्न लागेको हो । तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले रानीमललाई व्यवस्थित गर्न योजना बनाएर लागीपरेको भन्दै काम गर्दै जाँदा बजेट अभाव हुन नदिने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 

रानीमहलको एक कोठामा रानीमहल संग सम्बन्धित पुरातात्विक वस्तुहरु राखिएको म्यूजियम बनाउने, एक कोठामा खड्ग समसेर र तेजकुमारीको फोटो राखेर सेल्फी कक्ष बनाउने योजना रहेको संयोजक भण्डारीले बताउनुभयो । नगरपालिकाले रानीमहल क्षेत्रमा ईन्टरनेट फ्रि गर्ने समेत जनाएको छ ।

योजना अन्र्तगत रानीमहल परिसर सरसफाई, व्यवस्थित सौचालय, आकर्षक फाउण्टेशन, लाईटिङ, आकर्षक गार्डेन लगाएतका काम सम्पन्न गर्ने नगरपालिकाले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय