उपभोक्ता हित संरक्षण मञ्चको अगुवाईमा तानसेनका उद्योग अवलोकन

विजयकुमार बौडेल, पाल्पा

२५ मंसिर – उपभोक्ता हित संरक्षण मञ्च, तानसेन नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको टोलीले तानसेन भित्रका उद्योगहरुको अवलोकन गरेको छ ।
उद्योगहरुको अवलोकन गर्दै उद्योग विभागका साखा अधिकृत नारायण प्रसाद भट्टराईले घरेलु तथा साना उद्योगहरुलाई स्थानिय तहले सहयोग गरेर अघि बढ्नुपर्ने बताउनुभयो । भट्टराईले पाल्पामा करुवा र ढाकाको अवस्था बाहिर सुनिएजस्तो नभएको बताउनुभयो । “स्थानिय तहले अनुदान दिँदा नगद नभई उपकरणमा सहयोग गर्नुपर्छ ।” भट्टराईले भन्नुभयो । “उपकरण सहित सिप विकासमा स्थानिय तहले ध्यान दिँदा त्यसबाट आउने उत्पादनमा राम्रो प्रभाव पर्छ ।”

अवलोकनमा उपभोक्ता हित संरक्षण मञ्चका श्रीधर खनालले उद्योगीहरुले आफुमा भएको सिप नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताउनुभयो । खनालले पाल्पाको करुवा, ढाका उत्पादनको देशभरी चर्चा हुने भएपनी उत्पादन हुन नसकेको बताउनुभयो । “बाह्य उत्पादनले यहाँको उत्पादनलाई विस्थापित गरेको रहेछ ।” खनालले भन्नुभयो । “स्थानिय तहले जसरी भए पनी यहाँको उत्पादनलाई टेवा दिने कार्यक्रम अघि बढाउनुपर्छ ।”

घरेलु तथा साना उद्योग कार्यालय पाल्पका प्रमुख देवीराम भण्डारीले पाल्पा चिनाउने उत्पादनहरुलाई यहाँकै ब्राण्ड बनाएर विक्रिवितरण गर्नुपर्ने बताउनुभयो । भण्डारीले बाह्य उत्पादन यहाँको उत्पादनको फरक चिनाउन ब्राण्डिङ गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

टोलीले तानसेन नगरपालिका भित्रका पाल्पाली करुवा उद्योग, पाल्पा धातुकला उद्योग, तानसेन करुवा उद्योग, सरस्वती ढाका कपडा उद्योग, पाल्पाली मदनपोखरा ढाका पसल, नारी सेनीटरी प्याड उद्योग, पौड्याल ढाका उद्योग लगाएतको अवलोकन गरेको हो ।

तानसेन नगरपालिकाका भरत आचार्यले टोलीले गरेको अवलोकन बाट उद्योगीहरु खुसी भएको बताउनुभयो । उद्योगीहरुले आफ्ना समस्या, बजार अवस्थालगाएतका बारेमा जानकारी दिएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय