सामुदायिक स्वास्थ्यमा मिसन अस्पताल संग सहकार्य गर्न तयार : नगरप्रमुख शाही

विजयकुमार बौडेल – 

२२ कार्तिक – तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले सामुदायिक स्वास्थ्यको क्षेत्रमा यूनाईटेड मिसन अस्पताल संग सहकार्य गर्न तयार रहेको बताउनुभएको छ ।

नगरप्रमुख शाहीले यूनाईटेड मिसन अस्पतालको अनुगमन गर्दै नागरिकको सहज र सुलभ स्वास्थ्य उपचारका लागी मिसन अस्पताल संग सहकार्य गर्न तयार भएको बताउनुभएको हो । मिसन अस्पतालको गतिविधि र स्वास्थ्य सेवा प्रवाह अनुगमन गर्दै नागरिकको उपचारमा मिसन अस्पतालले महत्वपुर्ण भुमिका निर्वाह गर्दै थप सेवा वृद्धिका लागी सहकार्य गरेर अघि बढ्न ईच्छुक रहेको बताउनुभयो ।

नगरप्रमुख शाहीले गर्भवती तथा सुत्केरी महिला, वालवालिका, मजदुर, दलित तथा न्यून आयस्तर भएका नागरिकहरुलाई सहज हुने खालका कार्यक्रममा मिसन अस्पताल संग सहकार्य गर्ने बताउनुभयो । यूनाईटेड मिसन अस्पतालकी प्रमुख डाक्टर रचेल कारखले नगरपालिकाले सहकार्य गर्न खोजेको बिषय सकारात्मक भएको बताउनुभयो । प्रमुख कारखले तानसेन नगरपालिकाले सामुदायिक स्वास्थ्यको क्षेत्रमा देखाएको चासोले स्थानिय तहको जिम्मेवारीपन देखिएको बताउनुभयो ।

अस्पतालका प्रशासन प्रमुख जिवन भट्टराईले अस्पताल र नगरपालिकाले छिट्टै सामुदायिक स्वास्थ्यको विषयमा कार्यक्रम ल्याउने बताउनुभयो । सामुदायिक स्वास्थ्यको विषयमा तानसेन नगरपालिकाले लिएको चासोले लक्षित वर्गको हितका लागी सकारात्मक भएको बताउनुभयो ।

अनुगमनमा नेकपा एमालेका केन्द्रिय सदस्य ठाकुर गैरेले स्थानिय तह र सामुदायिक स्वास्थ्यमा काम गर्ने अस्पतालहरु विच सहकार्य जरुरी रहेको भन्दै तानसेन नगरपालिकाले ल्याएको सोंच प्रशंसनिय रहेको बताउनुभयो । गैरेले नागरिकको स्वास्थ्यका लागी स्थानिय तह, निजी तथा सार्वजनिक स्वास्थ्य संस्थाले गम्भिर भएर योजना बनाउनुपर्ने बताउनुभयो ।

नगरप्रमुख शाही, नेता गैरे, प्रेस सल्लाहकार गोविन्द भट्टराई, पत्रकार लगाएतको टोलीले मिसन अस्पताल परिसरको निर्माणाधिन पार्किङ स्थल, अस्पतालका विभिन्न वार्ड लगाएतका स्थानको अनुगमन गरेको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय