विजयकुमार बौडेल –
३ कार्तिक – एक्टिभ फिटनेस कम्यूनिटिले पाल्पाको पर्यटकिय प्रवद्र्धनका लागी सरसफाई अभियान सञ्चालन गरेको छ ।
कम्यूनिटिले पाल्पा लगाएत नेपालका विभिन्न पर्यटकिय स्थानहरुको सरसफाई गरि आन्तरिक तथा बाह्य पर्यटकका लागी वातावरण तयार गर्ने अभियान सञ्चालन गरेको हो । यूनाईटेट अरब ईमिरेट्सका वैदेशिक रोजगारीका लागी गएका यूवाहरुले सञ्चालन गरेको यस अभियान अहिले पाल्पा लगाएत नेपालका विभिन्न स्थानमा सञ्चालन गरिएको अभियानकर्ता अमृत रानाले बताउनुभयो ।
कम्यूनिटिले सारिरिक तन्दुरुस्तता, पर्यटनका माध्यमबाट विभिन्न स्थान चिनाउने उद्देश्यका साथ अभियान सञ्चालन गरेको हो । सन् २०१९ मा यूएईमा स्थापना भएको यस संस्थाले यूएईका विभिन्न स्थानमा अभियान सञ्चालन गरिसकेको छ । यसबाहेक पाल्पाको दमकडा भ्यू टावर, टोड्के डाँडा, बेलानीडाँडा, दमकडा खेल मैदान लगाएतका स्थानमा सरसफाई गरिसकेको अभियानकर्ता रानाले बताउनुभयो ।
संस्थाले दैनिक सारिरिक व्यायाम तालिम समेत सञ्चालन गरिरहेको छ । यसबाहेक कौडे लेक, सेल्फी डाँडा, सुसाईड पोईन्ट, रानीमहल लगाएत पाल्पाका महत्वपुर्ण पर्यटकिय स्थानहरु सरसफाई गर्ने योजना बनाएको छ । संस्थाले सारिरिक कसरत संग सम्बन्धित थप तालिम सञ्चालन गर्ने समेत जनाएको छ ।
संस्थाले यही असोज ३१ गते पाल्पाको तिनाउ गाउँपालिकाको मरामकोट भ्यू पोईन्ट सरसफाई गरेको छ । यस अभियानमा स्वतस्फुर्त रुपमा सहभागी हुन सकिने एक्टिभ फिटनेस कम्यूनिटिले जनाएको छ ।