तानसेन नगरपालिकाको वडा नं. ८ मा उपभोक्ता समिति गठन ।

तानसेन नगरपालिका वडा नं. ८ साविक वडा नं. ३ मा आर्थिक वर्ष २०७८।०७९ का लागि बजेट विनियोजन भएका योजनाका लागि उपभोक्ता समिति गठन गरिएको छ ।

वडा नं. ८ को पिपलडाँडा टोलमा उपभोक्ताहरुको भेला बसी विभिन्न योजना कार्यान्वयन गर्न उपभोक्ता समिति गठन गरिएको हो ।

आर्थिक वर्ष ०७८।०७९ मा साविक वडा नं. ३ मा १ वटा नगरस्तरीय र ५ वटा वडास्तरीय योजनाहरु नगरसभाबाट पारित भएकाे वडा सदस्य देव बहादुर चिदीले जानकारी दिनुभयो ।

चालु वर्षका लागि पिपलडाँडा टोलमा मोटरबाटो स्तरोन्नतिका लागि नगर तथा वडा बजेट ६ लाख ५० हजार रुपैयाँ विनियोजन भएको छ । यसैगरी मौरी खर्क खानेपानीका लागि वडास्तरीय बजेट २ लाख, हुँदीगैरा खानेपानीका लागि १ लाख र ठाडोभञ्ज्याङमा बस्ती संरक्षणका लागि १ लाख ५० हजार विनियोजन गरिएको छ ।

तानसेन नगरपालिका वडा नं. ८ का वडाध्यक्ष रामप्रसाद घिमिरेले योजनाको प्राविधिक स्टीमेट, सम्झौता, कार्यान्वयन तथा सम्पन्न भई फर्साैट गर्दासम्मको प्रक्रियाका बारेमा सहजीकरण गर्नुभएको थियो । उहाँले सानो श्रोतबाट पनि उपभोक्ताहरुको सहभागितामा धेरै काम गर्न सकिने बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय