अकबरे खुर्सानी खेती बाट मनग्ये आम्दानी गर्दै माथागढीका किसान

विजयकुमार बौडेल –

९ भाद्र – माथागढी २ रुप्सेका किसानहरुले परम्परागत खेती छाडेर अकबरे खुर्सानी खेती गरेर प्रसस्त आम्दानी गरेका छन् ।

माडि कृषि बहुउद्देश्यिय सहकारी संस्थामा आवघद्ध माथागढी २ रुप्सेका ४० किसानहरुले अकबरे खुसानी खेती गरेर मनग्ये आम्दानी गरेका हुन् । सहकारीमा आवद्ध ६ सय सदस्य मध्ये ४० परिवारले व्यवसायिक अकबरे खुर्सानी गरेका छन् । सहकारीमा आवद्ध किसानहरुले हप्ताको ७ क्विन्टल भन्दा बढी अकबरे खुर्सानी उत्पादन गर्ने गरेका छन् ।

माथागढी २ का ईश्वरी गैरेले अकबरे खुर्सानी खेती गर्नुभनदा पहिले ५ रोपनी जग्गामा परम्परागत रुपमा मकै खेती गर्नुहुन्थ्यो । गैरेले मकै बाट बार्षिक ८ हजार रुपैंया जती आम्दानी गर्नुहुन्थ्यो । अहिले गैरेले २ रोपनीमा २ हजार बोट अकबरे खुर्सानी खेती गर्नुभएको छ । गैरेले २ हजार विरुवा बाट ३ लाख रुपैंया जतीको खुर्सानी विक्रि गर्ने लक्ष्य राख्नुभएको छ ।

माथागढी २ का बोम बहादुर ठाडाले ५ रोपनी बारीमा ४ हजार बिरुवा लगाउनुभएको छ । उहाँले अहिले सम्म ३ क्विन्टल खुर्सानी बेचिसक्नुभएको छ । अकबरे खुर्सानी प्रतिकेजी २ सय ७५ रुपैंयामा सहकारी मार्फत बिक्रि भईरहेको छ ।

रुप्सेकै यानसिंह थापाले पनी २ सय बोट लगाउनुभएको छ । उहाँले अहिले सम्म २ सय किलो बेचिसक्नुभएको छ । एक पटक लगाएको अकबरे खुर्सानी ३ बर्ष सम्म फल्छ । थापा अकबरे खुर्सानी खेतीको आम्दानी बाट सन्तुष्ट हुनुहुन्छ । सहकारकिा अध्यक्ष तुल्सिराम भुषालले सहकारी मार्फत यो सिजनमा एक करोड रुपैंयाको अकबरे खुर्सानी बेच्ने लक्ष्य रहेको बताउनुभयो । भुषालले अहिले सम्म ६ लाख रुपैंया बराबरको २० क्विन्टल जती खुर्सानी बेचिसकेको बताउनुभयो ।

सहकारीका कृषि संयोजक कृष्ण भट्टराईले प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजना जोनले ५० प्रतिशत अनुदानमा बिउ, बिषादी, पाईप, प्लास्टिक पोखरी लगाएतका सामग्री वितरण गरेको बताउनुभयो । बाँकी ५० प्रतिशत सहकारीले लगानी गरेको छ । किसानहरुले श्रम बाहेक अरु आर्थिक लगानी गर्नु नपरेको भट्टराईको भनाई छ ।

विरुवा मरेर आम्दानी गर्न नसकेको अवस्थामा सबैको बिमा गरिएको छ । बिमाका कारणले किसानहरु जोखिममुक्त भएको सगरमाथा ईन्स्योरेन्स कम्पनी पाल्पाका प्रमुख करुणा काफ्लेले बताउनुभयो । संयोजक भट्टराईले सहकारीमा आगामी बर्ष १ हजार सदस्य पुग्ने र ३ सय जनाले अकबरे खुर्सानी खेती गर्ने बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय