८ भाद्र – तानसेन नगरपालिका वडा नं. ९ को साविक वडा नं. ८ को टोल भेलाले आर्थिक बर्ष २०७८÷७९ का योजनाहरुको उपभोक्ता समिति गठन गरेको छ ।
भेलाले टोलमा विनियोजित ७ वटा योजनाहरुको उपभोक्ता समिति गठन गरेको हो । टोलकै मागमा आधारित सडक स्तरोन्नती, सामुदायिक भवन, नाली निर्माण लगाएतका योजनाको उपभोक्ता समिति गठन भएको हो । भेलामा वडाध्यक्ष हरीसुमर रेग्मीले निर्विवाद रुपमा उपभोक्ता समिति गठन भएको भन्दै समयमै योजना सम्झौता गरि सम्पन्न गर्न अनुरोध गर्नुभयो ।
भेलामा वडा नं. ७ का वडाध्यक्ष मुक्तिराम जिसीले योजनाको काम गर्दा अनेक प्राविधिक समस्या आउन सक्ने भन्दै वडाको समन्वयमा रहेर काम गर्नुपर्ने बताउनुभयो । मदनपोखरा संगम बहुउद्देश्यिय सहकारी संस्थाका अध्यक्ष खेमराज न्यौपानेले कुनै पनी अवस्थामा योजना पुरा गर्नुपर्ने भन्दै त्यसका लागी समयमै कागजी प्रक्रिया र स्थलगत काम सम्पन्न गर्नुपर्ने बताउनुभयो ।
भेलाले नेत्र प्रसाद घिमिरेको संयोजकत्वमा ५ सदस्यिय अनुगमन समिति समेत गठन गरेको छ । संयोजक घिमिरेले योजना सुरु गर्दा समितिलाई जानकारी दिन अनुरोध गर्दै कामको उचीत अनुगमन गर्दै सुझाव दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।