रिब्दीकोटमा गाउँपालिकास्तरीय दूध संकलन केन्द्र खोलिने ।

२६ श्रावण, पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं ४ मा रहेको भैरवस्थान कृषि बहुउद्देश्यीय सहकारी संस्थाले गाउँपालिकाको पहलमा दूध संकलन केन्द्र खोल्ने भएको छ ।
यसै विषयमा गाउँपालिकामा रहेका १० वटा दूध संकलन केन्द्रका प्रतिनिधिहरुबीच अन्तरक्रिया भएको छ ।
संकलन केन्द्रहरुले गरेको कामको बारेमा बुझ्दै संस्थाले अब कसरी काम गर्न सकिन्छ भन्ने बारेमा छलफल गरिएको गरिएको हो ।
ख्याहाका वडाअध्यक्ष बिष्णुप्रसाद गैरेले दूग्ध संकलन केन्द्र खोलेपछि वडाका किसानलाई प्रोत्साहन गर्ने गरी व्यवसायिक दूध उत्पादन गर्न प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो ।
सहकारी संस्थाका अध्यक्ष केशव खनालले संकलन केन्द्र वडा नं ४ को कुन ठाउमा राख्ने भनेर यकिन भइनसकेको बताउनुभयो ।
डेरी संचालन गर्न चाहिने कर्मचारीलाई तालिम दिईने र दूध संकलन केन्द्रमा दूधबाट बनेका कुल्फि पनिर, घ्यु लगायतका वस्तु समेत विक्री वितरण गरिनेछ ।
गाउँपालिकास्तरिय दूध संकलन केन्द्र खोल्ने सहमति गरिसकेको भन्दै अध्यक्ष खनालले अबका दिनमा सम्बन्धित पक्ष सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय