मानु हिस्की
२६ श्रावण, पाल्पा । मंगलबार पाल्पाका ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
२७ महिला र २२ पुरुष गरी ४९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
२१ जनाको पीसीआर परीक्षण गर्दा ५ जना र १ सय ६५ जनाको एन्टीजेन परीक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
माथागढी गाउँपालिकाका मात्रै २४ जना नयाँ संक्रमित थपिएका छन् ।
यसैगरी तानसेन नगरपालिकाका १०, रम्भा गाउँपालिकाका ७, रामपूर नगरपालिकाका ४, पूर्वखोला गाउँपालिकाका २ तथा बगनासकाली र रिब्दीकोट गाउँपालिकाका १।१ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।
४९ जना नयाँ संक्रमित थपिँदा ६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । ४१ जना महिला र २७ जना पुरुषले कोरोना जीतेको सूचना अधिकारी पन्थीले बताउनुभयो ।
पाल्पामा अहिले ४ सय ६१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । उनीहरुमध्ये ७१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ, ३ सय ९० जना होम आइसोलेशनमा रहेका छन् भने पाल्पामा अहिलेसम्म १ सय ३० जनाको ज्यान गएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024 Copyright Madi View Media Pvt. Ltd. | All rights reserved
Developed By: Namuna Computer