मानु हिस्की
२२ श्रावण, पाल्पा । दक्षिण एशियाकै ठूलो सुनौलो त्रिशुल रहेको पाल्पा भैरवस्थानको भैरवनाथ मन्दिर यतिबेला सुनसान अवस्थामा रहेको छ ।
विश्वभर फैलिएको कोभिड १९ का कारण बैसाख १७ गतेबाट मन्दिर बन्द भएको हो ।
तर नित्य पूजा भने भैरहेको मन्दिरका व्यवस्थापक मिनबहादुर बुढाथोकीले जानकारी दिनुभयो । । मन्दिर बन्द भएसँगै पुजा सामग्री बेच्ने, रोट पकाउने रोट घरहरु पनि यतिबेला बन्द अवस्थामा रहेका छन् ।
रोट पकाउने र पुजा सामग्री बेचेरै घर परिवार पालिरहेका व्यवसायीहरुले मन्दिरसँगै व्यवसाय पनि बन्द भएपछि दैनिकी चलाउनै समस्या भएको गुनाँसो गरेका छन् ।
घर भाडामा लिई रोट पकाउने र पुजा सामग्री बेच्नेलाई अझै बढि समस्या परेको शान्ता कार्कीले बताउनुभयो ।
अर्का व्यवसायी कृष्णा गौतमले व्यापार नहुँदा पसलमा भएका सामान सबै बिग्रिएर धेरै घाटा भएको बताउनुभयो । उहाँले यस्तो अवस्थामा पनि घर भाडा तिर्नु पर्दा थप मर्का परेको गुनाँसो गर्नुभयो । मन्दिर कहिले खुल्छ र व्यापार गरौला भनी व्यापारीहरुले समय कुरी रहेकाछन् । मन्दिर आसपासमा १५ घर परिवारले रोट पकाउने र पुजा सामग्री बेचेरै आफ्नो घरपरिवार पाल्दै आएका छन् ।
ताजा समाचार
लोकप्रिय
© 2024 Copyright Madi View Media Pvt. Ltd. | All rights reserved
Developed By: Namuna Computer