शुक्रबार पाल्पाका ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ७ जना डिस्चार्ज ।

मानु हिस्की
२२ श्रावण, पाल्पा । शुक्रबार पाल्पाका ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
२० महिला र २५ पुरुष गरी ४५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
४१ जनाको पीसीआर परीक्षण गर्दा १० जना र १ सय ५३ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
निस्दी गाउँपालिकामा सबैभन्दा धेरै १८ जना नयाँ संक्रमित थपिएका छन् ।
यसैगरी रामपूर नगरपालिकाका ९, तानसेन नगरपालिकाका ६, पूर्वखोला र रैनादेवी छहरा गाउँपालिकाका ४।४ बगनासकाली गाउँपालिकाका २ तथा रिब्दीकोट र निस्दी गाउँपालिकाका १।१ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।
यसैबीच पाल्पाका थप ७ जना कोरोना संक्रमणमुक्त भएका छन् । ४ जना महिला र ३ जना पुरुषले कोरोना जीतेको सूचना अधिकारी पन्थीले बताउनुभयो । उहाँका अनुसार तानसेन नगरपालिकाका ४, रामपूर नगरपालिकाका २ र निस्दी गाउँपालिकाका १ जना डिस्चार्ज भएका छन् ।
पाल्पामा अहिले ४ सय ३९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । उनीहरुमध्ये ५७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ, ३ सय ८२ जना होम आइसोलेशनमा रहेका छन् भने पाल्पामा अहिलेसम्म १ सय २७ जनाको ज्यान गएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय