रम्भा गाउँपालिकाद्वारा उद्यमीहरुलाई विभिन्न सामग्री तथा उपकरण हस्तान्तरण ।

१२ असार, पाल्पा ।

पाल्पाको रम्भा गाउँपालिकाले उद्यमीहरुलाई व्यवसाय संचालन गर्नका लागि विभिन्न सामग्री तथा उपकरण वितरण गरेको छ ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्र्तगत् अन्तर्गत वडा नं. ४ हुमिनका ७ जना महिलाहरुलाई ७ वटा सिलाई मेशिन र २ वटा इन्टरलक मेशिन उपलब्ध गराएको हो ।
यसैगरी बाकुमगढी लघु उद्यम महिला समूह र संयुक्त लघु उद्यम महिला समूह ताहूँलाई १।१ वटा दुना टपरी बनाउने मेशिन र सिलाई पेशा गर्ने २ जना महिलाहरुलाई १।१ थान इन्टरलक मेशिन उपलव्ध गराएको उद्यम विकास सहजकर्ता जानकी गाहाले जानकारी दिनुभयो ।
प्रविधि हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि रम्भा गाउपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले उद्यमशिल, व्यवसायी र आत्मनिर्भर हुन चाहने व्यक्तिहरुलाई गाउँपालिकाले निरन्तर सहयोग गर्ने बताउनुभयो ।
गाउँपालिकाकी उपाध्यक्ष राधा कुमारी श्रेष्ठले व्यवसाय सफल बनाउन ईमान्दार र लगनशिलतापूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो ।
रम्भा गाउपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पोष्टराज न्यौपानेले उपभोक्ताको माग र आवश्यक्तालाई हेरेर स्वच्छ प्रतिष्पर्धाका साथ वस्तु तथा सेवाको उत्पादन गरेमा व्यवसाय सफल हुने बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय