अकबरे खुर्सानी बाट बार्षिक ५० लाख कमाउने लक्ष्य राखेका शिक्षक

विजयकुमार बौडेल – 
१० साउन – रिब्दिकोट गाउँपालिका वडा नं.७ पालुङमैनादीका जनक आचार्यले अकबरे खुर्सानी खेतीबाट मनग्य आम्दानी गर्नुभएको छ ।

पेशाले शिक्षक समेत रहनु भएका आचार्यले खुर्सानी खेती बाट मनग्य आम्दानी गर्नुभएको हो । आचार्यले फर्ममा तयार भएका अकबरे खुर्सानी चाउचाउ उद्योगमा बिक्री बितरण गर्ने योजना सोत बनाउनुभएको छ ।

स्थानिय क्षेत्रका १५ जना ब्यक्तिको जग्गा लिजमा लिई खुर्सानी खेति गर्दै आउनु भएका आचार्यको फर्ममा अहिले लटरम्म खुर्सानी पाकेका छन । प्रतिकेजी २ सय ६० रुपैयामा बिक्री गर्दै आउनु भएका आचार्यले यस बर्ष ५० लाख रुपैंयाको कारोबार गर्ने लक्ष्य राखेको बताउनु भयो ।

आचार्यले मासिक १५ देखि २० हजारसम्म तलब दिने गरि कामदार ४ जनालाई रोजगारी समेत दिनुभएको छ । खुर्सानीमा समय समयमा विभिन्न रोग समेत देखापर्ने भएकाले एक जना कृषि प्रबिधिकलाई नै रोजगारी दिएर हेरचाहका लागी राख्नुभएको आचार्यले बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय