रम्भा गाउँपालिकाले विद्यार्थीहरुलाई बाँड्यो फोन गर्दा पैसा नलाग्ने सिम

विजयकुमार बौडेल – 
१० साउन – रम्भा गाउँपालिकाले रविकिरण माध्यमिक विद्यालय रम्भा ३ पिपलडाँडाका विद्यार्थीहरुलाई फोन गर्दा पैसा नलाग्ने सिमकार्ड वितरण गरेको छ ।

गाउँपालिकाले संघिय सरकारको सशर्त अनुदानबाट विद्यालयका १ सय ३९ जना विद्यार्थीहरुका लागी फोन गर्दा पैसा नलाग्ने सिम वितरण गरेको हो । विद्यार्थी र शिक्षकहरुले एक आपसमा फोन गर्दा पैसा नलाग्ने क्लोज यूजर ग्रुप सिमकार्ड वितरण गरेको हो ।

कक्षा ४ देखी १० सम्मका विद्यार्थीहरुलाई ग्रुप भित्र कल गर्न निशुल्क हुने सिम वितरण गरेको हो । विद्यार्थीहरुले सम्बन्धित शिक्षकहरु संग प्रश्नोत्तर गर्न सहज हुने र शिक्षण सिकाई प्रभावकारी हुने भएकाले यो कार्यक्रम ल्याईएको गाउँपालिका अध्यक्ष बिष्णु भण्डारीले बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक केश बहादुर सारुले फोन गर्दा पैसा नलाग्ने सिम वितरण पछी विद्यार्थीहरुमा उत्साह जागेको बताउनुभयो । सारुले जुनसुकै वेला समस्या परेका विदार्थीहरुले सोझै शिक्षक संग सोध्न मिल्ने भन्दै विद्यार्थीहरुका लागी सहज भएको बताउनुभयो । सिमकार्ड नेपाल टेलिकम पाल्पाले वितरण गरेको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय