मानु हिस्की
८ असार, पाल्पा । शुक्रबार पाल्पाका ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
३१ महिला र ३७ पुरुष गरी ६८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
२३ जनाको पीसीआर परीक्षण गर्दा ६ जना र २ सय ८ जनाको एन्टीजेन परीक्षण गर्दा ६२ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
निस्दी गाउँपालिकामा मात्रै ५३ जना नयाँ संक्रमित थपिएका छन् ।
यसैगरी तानसेन तथा रामपूर नगरपालिकामा ७।७, बगनासकाली गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।
यसैबीच पाल्पाका थप १५ जना कोरोना संक्रमणमुक्त भएका छन् । ८ जना महिला र ७ जना पुरुषले कोरोना जीतेको सूचना अधिकारी पन्थीले बताउनुभयो । उहाँका अनुसार तानसेन नगरपालिकाका ६, रामपूर नगरपालिकाका ५ र माथागढी तथा बगनासकाली गाउँपालिकाका २।२ जना डिस्चार्ज भएका छन् ।
पाल्पामा अहिले ४ सय २० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । उनीहरुमध्ये ३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ, ३ सय ८२ जना होम आइसोलेशनमा रहेका छन् भने पाल्पामा अहिलेसम्म १ सय १८ जनाको ज्यान गएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024 Copyright Madi View Media Pvt. Ltd. | All rights reserved
Developed By: Namuna Computer