नेकपा (एमाले) उपाध्यक्ष एवं सांसद भीम रावलले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिने घोषणा गरेका छन्। रावल अछाम क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।
रावलको सचिवालयले उनले राजीनामा दिएको जनाएको छ। आफू राजनैतिक अनैतिक खेलमा नलाग्ने भन्दै राजीनामा घोषणा गरेका हुन्। अहिले आफू सांसद पदबाट राजिनामा दिन संसद सचिवालय आइपुगेको उनले नयाँ पत्रिकालाई बताए ।
रावलले भने, ‘म यो राजनैतिक अनैतिक खेलमा लाग्दीन।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज संसदमा विश्वासको मत लिँदै छन्। माधव नेपाल पक्षले देउवलाई विश्वासको मत दिने बताएको छ भने एमाले स्थायी कमिटीले विश्वासको मत दिनेहरु पार्टीमा नरहने चेतावनी दिएको छ। रावल नेपाल पक्षका नेता हुन्।