
मानु हिस्की
३० असार, पाल्पा नेपाल अायल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मूल्यवृद्धिको विषयलाई लिएर आन्दोलनरत संयुक्त विद्यार्थी संगठनसँगको वार्तापछि निगमले सामान्य दरमा मूल्य घटाएको हो ।
बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल,मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ ।
अब पेट्रोल प्रतिलिटर १ सय २८ र डिजेल तथा मटितेलको मूल्य १ सय ११ रुपैयाँ कायम गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेको त्यसको कारणले निगमको लागत बढी रहेकाले निगमको आर्थिक स्थिति उकास्न पेट्रोलियम पदार्थको मूल्यलाई समायोजन गर्दै लानुपर्ने बाध्यतालाई सबै पक्षले बुझ्नु पर्ने निगमले जनाएको छ ।
आन्दोलनरत ५ विद्यार्थी संगठनले यो निर्णयपश्चात् विरोधका कार्यक्रम फिर्ता लिने निगमले विश्वास लिएको छ ।