बुधबार पाल्पाका ५५ जना कोरोना संक्रमणमुक्त, २९ जना नयाँ संक्रमित थपिए ।

मानु हिस्की
३० असार पाल्पा । बुधबार पाल्पाका ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अनुसार ३१ जना महिला र २४ जना पुरुष गरी थप ५५ जना संक्रमित निको भएका हुन् ।
रामपूर नगरपालिकाका मात्र २६ जनाले कोराना जीतेका छन् । यस्तै तानसेन नगरपालिकाका १०, बगनासकाली गाउँपालिकाका ९, तिनाउ गाउँपालिकाका ४, रिब्दीकोट र रम्भा गाउँपालिकाका २।२ तथा पूर्वखोला र रैनादेवी छहरा गाउँपालिकाका १।१ जना डिस्चार्ज भएका जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । अहिलेसम्म पाल्पाका ७ हजार १ सय ६४ जना निको भएर घर फर्किएका छन् ।
यसैबीच पाल्पाका थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पीसीआर विधिबाट ३८ जनामा परीक्षण गर्दा ११ जना र एन्टीजेन विधिबाट ८८ जनामा परीक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको हो । तानसेन नागरपालिकाका ११, रामपूर नगरपालिकाका ९, बगनासकाली गाउँपालिकाका ६, पूर्वखोला गाउँपालिकाका २ र रिब्दीकोट गाउँपालिकाका १ जना नयाँ संक्रमित थपिएका सूचना अधिकारी पन्थीले बताउनुभयो ।
अहिले पाल्पामा ४ सय ६५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये ३० जनाको विभिन्न अस्पतालमा उपचार भइहेको छ भने ४ सय ३५ जना होम आइसोलेशनमा रहेका छन् । पाल्पामा हालसम्म १ सय १५ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय