मानु हिस्की
२८ असार, पाल्पा । सोमबार पाल्पाका ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
३४ महिला र २५ पुरुष गरी ५९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
५७ जनाको पीसीआर परीक्षण गर्दा १७ जना र १ सय ५१ जनाको एन्टीजेन परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
तानसेन नगरपालिका र रामपूर नगरपालिकामा २०।२० जना नयाँ संक्रमित थपिएका छन् । बगनासकालीका १२, रम्भा र रैनादेवी छहराका २।२ जना तथा पूर्वखोला, माथागढी र निस्दी गाउँपालिकाका १।१ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी पाल्पाका थप ५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । २६ जना महिला र २८ जना पुरुष निको भई घर फर्किएका जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।
उहाँका अनुसार तानसेन नगरपालिकाका २७, रामपूर नगरपालिकाका १५, बगनासकाली गाउँपालिकाका ७, पूर्वखोला गाउँपालिकाका २ तथा माथागढी, रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाका १।१ जनाले कोरोना जीतेका छन् ।
पाल्पामा अहिले ५ सय जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । उनीहरुमध्ये ३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ, ४ सय ६२ जना होम आइसोलेशनमा रहेका छन् भने पाल्पामा अहिलेसम्म १ सय १४ जनाको ज्यान गएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024 Copyright Madi View Media Pvt. Ltd. | All rights reserved
Developed By: Namuna Computer