तिनाउका पहिरो पिडितलाई तानसेन नगरपालिकाको राहत

विजयकुमार बौडेल – 
२७ असार – तिनाउ गाउँपालिकाका पहिरो पिडितलाई तानसेन नगरपालिकाले राहत वितरण गरेको छ ।

सिद्धार्थ राजमार्ग अन्र्तगतको तिनाउँ गाउँपालिका गिट्टीखानी क्षेत्रमा पहिरो खसेर पुरिएका ५ घरपरिवारलाई तानसेन नगरपालिकाले राहत वितरण गरेको हो । राहत वितरण गर्दै तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले विपद्का वेला कुनै स्थानिय तहको सिमा नहुने भन्दै एक स्थानिय तहको व्यक्तिलाई परेको अप्ठेरोमा अर्को स्थानिय तहले सहयोग गर्नु मानविय धर्म भएको बताउनुभयो ।

निरन्तर आएको पानीले तिनाउ गाउँपालिकाको गिट्टीखानीका ५ घर पुरेको थियो । पहिरोमा परि ३ जनाको ज्यान समेत गएको छ । पहिरोले पुरेका घरपरिवारलाई नजिकैको एक विद्यालयमा व्यवस्थापन गरिएको छ । विपद्मा परेकाहरुलाई धेरै संघसंस्थाहरुले सहयोग गरेको तिनाउ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तीमगरले बताउनुभयो ।

पहिरोमा परेकाहरुको व्यवस्थापनमा स्थानिय तह लगाएत विभिन्न संघसंस्था खटिएका छन् । सहयोग गर्नेहरुको कारणले केही सहज भएको व्यवस्थापनमा खटेका स्थानिय यम बहादुर गाहाको भनाई छ ।
सिद्धबाबा सडक खण्डको यो क्षेत्रमा बर्षेनी पहिरो खस्दा स्थानिय जोखिममा पर्ने गरेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय