बर्षैपिच्छे क्यान्सर : ‘परिवार पालौ की श्रीमती फालौ’

गुल्मी । नेपालमा स्वास्थ्य उपचार सर्वसुलभ छैन् । जसका कारण बिपन्नलाई सामान्य प्रकारको रोग लागे पनि बच्न मुस्किल पर्छ । बिपन्न परिवारलाई गासको मात्रै चिन्ता छैन् । 

सरकारले प्रदान गरेका स्वास्थ्य सेवा पनि उनीहरुको पहुँचमा छैनन् । त्यसैले गम्भीर प्रकारका रोग लागेकै कारण कैयौँ व्यक्तिले सम्पत्तिसहित ज्यान गुमाएका छन् । इस्मा गाउँपालिका–२ हस्तिचौर रातडाँडाका थान बहादुर नेपालीको परिवार पनि अहिले त्यस्तै चपेटामा परेको छ । 

उनकी ४९ बर्षीय श्रीमती जुमादेवि नेपाली ०७६ सालमा स्तन क्यान्सरको कारण पीडित थिइन् । नेपालीले १० लाख ऋणधन गरेर श्रीमतीलाई उपचारको लागि भारत पु¥याए । 

उपचारपछि केहि समय जुमादेविको स्वास्थ्य अवस्था राम्रो भएकाले परिवार खुसी थिए । परिवारले कोभिड तथा आर्थिक अवस्थाको कारण समयमै फलोअप गर्न सकेनन् । 

गत बैशाखदेखि उनलाई फेरि ढाडमा समस्या देखिन थाल्यो । राम्रोसंग तंग्रिन नपाउँदै थपिएको अर्को शारिरीक समस्याले जुमादेवि झनै पीडित भइन् । उनी बिस्तारै हिडडुल पनि गर्न नसक्ने भइन् । 

परिवारले गाउँदेखि नेपालका विभिन्न ठाउँमा उपचार गर्न लगे । तर, रोग पत्ता लागेन् । जसोतसो गरेर परिवारले भारतको फरिदावाद स्थित एसियन हस्पिटलमा पु¥याए । छोरी भावना नेपालीका अनुसार जुमादेविलाई फेरि बोन क्यान्सर देखियो । 

अस्पतालले शल्यक्रिया गर्न भारतीय १३ लाख रुपैयाँ लाग्ने बताएको छ । दुई क्यान्सरले पीडित जुमादेवि अहिले फरिदावाद अस्पतालको शय्यामा छटपटाइरहेकी छन् । पैसाको जोहो गरे मात्रै शल्यक्रिया गर्ने अस्पताल प्रशासनले बताएको भावनाले जानकारी दिइन् ।

गाउँमा कृषि कर्म गरेर परिवार पालेका थान बहादुरलाई भारतीय १३ लाख रुपैयाँ जुटाउन ठुलो संकट छ । “स्तन क्यान्सर हुँदाकोे १० लाख ऋण बाँकी छ । फेरि भारतीय १३ लाख रुपैयाँ कहाँ खोजौ” उनले भने, “आफै भन्नुस्, परिवार पालौ की श्रीमती फालौ ।” 

परिवारले स्वास्थ्य उपचारको आर्थिक संकटमा सहयोग गर्न सवैसंग आग्रह गरेको छ । सहयोग गर्नेहरुले छोरी भावना नेपालीको राष्ट्रिय बाणिज्य बैंक गुल्मी शाखाको खाता नं ३०१०१०००९४८३७०१० मा रकम जम्मा गर्न सकिने छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय