मानु हिस्की
२२ असार, पाल्पा । पूर्वखोला गाउँपालिका वडा नं. ५ वीरकोटमा लक्ष्यीत कार्यक्रम अन्तर्गत आदिबासी जनजाति समुदायमा विभिन्न सामग्री वितरण गरिएको छ ।
वीरकोटका ९ वटै टोलमा जनजातिका लोपोन्मूख मौलिक संस्कृति जगेर्ना गर्ने उद्देश्यले विभिन्न नाँचमा आवश्यक पर्ने पोशाक लगायतका सामग्री वितरण गरिएको हो ।
आर्थिक वर्ष २०७७।०७८ मा लक्ष्यीत वर्ग अन्तर्गत जनजाति तर्फको १ लाख २० हजार रुपैयाँबाट सामग्री खरिद गरी वितरण गरिएको आदिवासी जनजाति समन्वय समितिका अध्यक्ष जयराम श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले कोभिड १९ को जोखिमका कारण सीपमूलक तथा चेतनामूलक कार्यक्रम सञ्चालन गर्न नसकेपछि सामग्री वितरण गरेको बताउनुभयो ।
जनजातिहरुका लोपोन्मूख घाटु नाँचको लागि वशा टोललाई पोशाक, ठूलो नाँचको लागि स्याफट टोललाई पोशाक, लाखे नाँचको लागि हटिया टोललाई पोशाक तथा मादल, ढोलक, झ्याली, जन्जीर, वितरण गरिएको छ ।
समितिका सचिव प्रेम बहादुर बारघरेले आफ्ना समुदायमा भएका संस्कार र संकृतिलाई संरक्षण तथा सम्वद्र्धन गर्न बेलाबेलामा विभिन्न कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिनुभयो ।
ताजा समाचार
लोकप्रिय
© 2025 Copyright Madi View Media Pvt. Ltd. | All rights reserved
Developed By: Namuna Computer