तिनाउ गाउँपालिकाद्वारा किसानलाई अनुदानमा मिल्किङ मेशिन प्रदान ।

मानु हिस्की
२१ असार, पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ६ मस्यामका गाईपालक किसानलाई दूध दुहुने मिल्किङ मेशिन प्रदान गरिएको छ ।
गाउँपालिकाले ५० प्रतिशत अनुदानमा मुनाल गाई फर्मलाई तीन लाख बराबरको मिल्किङ मेशिन प्रदान गरेको हो । गोपाल जीसीले सञ्चालन गर्नुभएको मुनाल गाई फर्म तिनाउ गाउँपालिकाको सबैभन्दा ठूलो गाई फर्म भएको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती मगरले जानकारी दिनुभयो । । फर्ममा अहिले १४ वटा दुहुना गाई छन् । फर्मबाट दैनिक एक सय ५० लिटर दूध उत्पादन हुँदै आएको छ । फर्ममा गर्भधारण गरेका थप १९ वटा गाई रहेको संचालक जीसीले बताउनुभयो । मेसिनबाट एकैपटक चार।चार वटा गाई दुहुन सकिन्छ ।
गाउँपालिकाले कृषि तथा पशुपालनका क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगमा जोड दिएको पशु स्वास्थ्य शाखा ईन्चार्ज मनिष अधिकारीले बताउनुभयो । किसानको माग र आवश्यकतालाई ध्यानमा राखी प्रविधिमा अनुदानको व्यवस्था गरिएको तिनाउ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठको भनाई छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय