रम्भा गाउँपालिकाले विद्यालयलाई वितरण गर्यो ३१ हजार सेनीटरी प्याड

रम्भा गाउँपालिकाले आधारभुत तथा मावि तहका विद्यालयहरुलाई सेनीटरी प्याड वितरण गरेको छ ।

गाउँपालिकाले संघिय कार्यक्रम अन्र्तगत गाउँपालिकाका १५ वटा विद्यालयलाई सेनीटरी प्याड वितरण गरेको हो । गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भण्डारीले महिनावारीका कारणले कक्षा छाड्न वाध्य हुने समस्याका कारण यो कार्यक्रम लागु गरिएको र यसले समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

रम्भा गाउँपालिका शिक्षा साखा प्रमुख मिनादेवी आचार्यले किशोरीहरुको स्वास्थ्यप्रति गाउँपालिका सचेत रहेको बताउनुभयो । प्रमुख आचार्यले महिनावारी भएको समयमा किशोरीहरु विद्यालय नआउने समस्या रहेका कारण त्यसको समाधानका लागी सेनीटरी प्याड वितरण गरिएको बताउनुभयो ।

गाउँपालिकाले १५ विद्यालयमा ३१ हजार वटा सेनीटरी प्याड वितरण गरेको जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय