मानु हिस्की
१९ असार, पाल्पा । शनिबार पाल्पाका ६५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अनुसार ३४ जना महिला र ३१ जना पुरुष गरी थप ६५ जना संक्रमित निको भएका हुन् ।
निस्दी गाउँपालिकाका मात्र २९ जनाले कोराना जीतेका छन् । यस्तै तानसेन नगरपालिकाका १६, रामपूर नगरपालिकाका ५, पूर्वखोला गाउँपालिकाका ३, रैनादेवी छहराका ८, रिब्दीकोट गाउँपालिकाका ३ र बगनासकाली गाउँपालिकाका १ जना डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । अहिलेसम्म पाल्पाका ६ हजार ६ सय ८१ जना निको भएर घर फर्किएका छन् ।
यसैबीच पाल्पाका थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पीसीआर विधिबाट २५ जनामा परीक्षण गर्दा ६ जना र एन्टीजेन विधिबाट १५ जनामा परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको हो । रामपूर नागरपालिकाका ९, माथागढी गाउँपालिकाका २ तथा रम्भा गाउँपालिका, रिब्दीकोट गाउँपालिका र तानसेन नगरपालिकाका १।१ जना नयाँ संक्रमित थपिएका सूचना अधिकारी पन्थीले बताउनुभयो ।
अहिले पाल्पामा ४ सय ९५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये ५४ जनाको विभिन्न अस्पतालमा उपचार भइहेको छ भने ४ सय ४१ जना होम आइसोलेशनमा रहेका छन् । पाल्पामा हालसम्म १ सय ११ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।
ताजा समाचार
लोकप्रिय
© 2024 Copyright Madi View Media Pvt. Ltd. | All rights reserved
Developed By: Namuna Computer