
मानु हिस्की
१७ असार, पाल्पा । पाल्पाका थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
२४ महिला र २० पुरुष गरी ४४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
२९ जनाको पीसीआर परीक्षण गर्दा ९ जना र १ सय ८ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
तानसेन नगरपालिकाका ९, रामपूर नगरपालिकाका २०, बगनासकालीका ८, रिब्दीकोटका २ तथा रम्भा, पूर्वखोला, रैनादेवी छहरा, तिनाउ र निस्दी गाउँपालिकाका १।१ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।
यसैगरी पाल्पाका थप ६ जना कोरोना संक्रमणमुक्त भएका छन् । ३ जना महिला र ३ जना पुरुषले कोरोना जीतेको सूचना अधिकारी पन्थीले बताउनुभयो ।
पाल्पामा अहिले ५ सय ३२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । उनीहरुमध्ये ३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ, ४ सय ९४ जना होम आइसोलेशनमा रहेका छन् भने पाल्पामा अहिलेसम्म १ सय ११ जनाको ज्यान गएको छ ।